१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा



काठमाडौं । कोभिड-१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ ।

पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो । पछिल्ला दिनमा निरन्तर बढिरहेको महामारीको आँकडाले व्यवसायी मात्रै हैन, आम सर्वसाधरणलाई चिन्तित तुल्याएको । कोरोना भाइरस सङ्क्रमणको बढ्दो ग्राफले मुलुकको आर्थिक र सामाजिक क्षेत्रलाई फेरि पनि त्रसित बनाउने आँकलन गर्न थालिएको छ ।

महामारीको प्रतिकूल परिस्थितिकाबीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसायलाई सञ्चालनमा राख्न व्यवसायीले माग गरेका छन् । कूल जनसङ्ख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट डेल्टाजस्तो खतरा नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो सङ्क्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ ।

कोभिड सङ्क्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक सङ्ख्यामा सङ्क्रमित बढेका छन् । पुसको तेस्रो साता झण्डै ३०० हाराहारी सङ्क्रमित रहेको आँकडा पुस मसान्तसम्म पुग्दा पाँच हजार नागिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पुस ३० गते पाँच हजार ८७ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका छन् । साथै उनीहरुले कोरोना सङ्क्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । सङ्क्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।

होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, “खोपको मात्रा आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेका छन् । सङ्क्रमण बढे पनि एक्कासी बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक सङ्क्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन् ।” स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजी क्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ ।

महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्नु र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालकसमेत रहनुभएका उपाध्यक्ष शाहले बताए । “होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्यौलता छ”, उनले भने । विगतमा कोरोना भाइरस सङ्क्रमण र सीमित स्रोत र साधनका बीचमा पनि सरोकारवाला निकायको समन्वयले महामारी नियन्त्रणमा सहजता भएको थियो । अहिलेका सन्दर्भमा सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प देखिँदैन ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड-१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्र बढेर, स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासविच कूलबहादुर गुरुङले बताए ।

उनका अनुसार योपटक वसन्तकालीन ‘स्प्रिङ’ पर्वतारोहणका लागि बुकिङ राम्रो छ । अघिल्लो वर्ष पनि यो सिजनका लागि बुकिङ राम्रो भए पनि बन्दाबन्दीले पर्वतारोहण राम्ररी सञ्चालन हुन नपाएको भन्दै महासचिव गुरुङले यसपटक वसन्तयामको पर्वतारोहणलाई लक्षित गरेर सरकारले बन्दाबन्दीको बाध्यतालाई विचार गरेको खण्डमा पर्यटन क्षेत्रलाई चलायमान बनाउनुको विकल्प नरहेको उल्लेख गरे । स्प्रिङ (मार्च, अप्रिल र मे महिना) सिजन सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि स्वदेशी र विदेशीको आकर्षण हुन्छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औँल्याए । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए ।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन प्रवद्र्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ०६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति