५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

मन्त्री आलेद्वारा बतासले होटल बनाएको धर्मशालाको निरीक्षण



काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र बतास समुहले चलाइरहेको होटल निरीक्षण गरेका छन् ।

मन्त्री आलेले धर्मशालामा होटेल चलाएको लगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताएका छन् ।

निरीक्षणपछि मन्त्री आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताए । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुग्नुभएका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको आलेले दाबी गरे । उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।

‘अनुगमन गरियो । कोठाहरु देखेर म त सक्ड भएँ । भाइभ स्टार होइन सेभेन स्टार कोठाहरु बनाइएका छन् ।’, मन्त्री आलेले भने, ‘कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ । त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ । कतिपय पशुपति क्षेत्रविकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो । भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौँ ।’

पशुपति क्षेत्रस्थित तिलगंगामा भारत सरकारको अनुदानमा बनेको नेपाल भारत मैत्री धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल बनाउन बतास समुहलाई जिम्मा लगाएको थियो ।

भारत र नेपालका तिर्थयात्रुलाई सुलभ मूल्यमा खान बस्न भारत सरकारले बनाइदिएको धर्मशाला कोषले बतासलाई जिम्मा लगाएपछि अहिले चार तारे ‘होटल आनन्द’ बनेको छ । त्यहाँको एक कोठाको मुल्य कम्तिमा सात हजार रहेको छ ।

पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।

बतास समूहले १९ रोपनी जमिन र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको हो। बतासले अहिले त्यहाँ बतास फाउन्डेसनको कार्यालय, ‘भिन्टेज’ गाडीको सोरुम लगायत राखेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १२ : २६ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार