६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते



उदयपुर । उदयपुरको कटारी नगरपालिका-८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

गएराति बा १० प ४१८८ नम्बरको बोलेरो बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बोलेरो चालक ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ भागेका छन् । दुर्घटनाको कारण खुल्न नसकेको छैन ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ३३ बजे

नेपाली कांग्रेसले आज जनकपुरधाममा प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा पार्टीको

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

निर्वाचन आउन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२