२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सिटामोललगायत औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभाव तत्काल अन्त्य गर्न गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।

त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरू तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ९ : ४७ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक