२८ आश्विन २०८३, बुधबार | October 14, 2026

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत



काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

बुधबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकले खरेलको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीलगायतले खरेलमाथि विभिन्न प्रश्न उठाएका थिए। उनीमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी विषयमा प्रश्न उठाइएको थियो।

समितिमा खरेलको पृष्ठभूमि, व्यावसायिक सम्बन्ध र राजदूत पदका लागि आवश्यक योग्यताबारे छलफल भएको थियो। त्यसपछि समितिले उनको नाम अनुमोदनका लागि अस्वीकृत गरेको हो।

समितिको निर्णयसँगै मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्ने प्रक्रिया खरेलका हकमा अघि बढ्न सकेन।

समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम पनि अस्वीकृत गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ५२ बजे

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम