३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रदेश २ को नामाकरणको चार दिनपछि महन्थ ठाकुरको धन्यवाद



काठमाडौं । प्रदेश २ को नामाकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिएका छ ।

प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेश सभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् ।

‘प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ,’ बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

मिति २०७८ माघ ३ गते प्रदेश–२ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी “जनकपुरधाम” र प्रदेशको नाम “मधेश प्रदेश” राख्ने एतिहासिक निर्णय गरेको कार्य स्वागत योग्य रहेको छ । यस एतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्य ज्यूहरुलाई हार्दिक बधाईका साथै धन्यवाद समेत व्यक्त गर्दछु । । प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तीको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ ।

महन्थ ठाकुर
अध्यक्ष

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ४ : २२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना