२० मंसिर २०८२, शनिबार | December 6, 2025

जिल्ला अस्पताल लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु



लमजुङ । लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिनुको साथ स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि जिल्ला अस्पताल लमजुङले ‘हेल्लो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमण जोखिम बढिरहको अवस्थामा अस्पतालमा कोरोनाको सम्भावित जोखिम र अन्य बिरामीको चाप बढेपछि घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित हेल्लो डाक्टर सेवा पुन सुरु गरेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्य सम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

कोरोना सँग सम्वन्धि मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई अस्पतालका मेडिकल अफिसर लगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिनुहुने हुदाँ उनीहरुले सोही अनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले वताए । अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमै अवस्थामा गत बैशाखमा पनि हेल्लो डक्टर सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय