९ चैत्र २०८२, सोमबार | March 23, 2026

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान



न्युयोर्क । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए ।

फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ ।

अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध शून्य सहनशिलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ ।

मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुव्र्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो । -एजेन्सी

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १२ : २८ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले