१६ बैशाख २०८१, आइतबार | April 28, 2024

घिरिङ गाउँपालिकाको आफ्नै एम्बुलेन्स



तनहुँ । पहिलो र दोस्रो लहरको कोरोना कहरमा घिरिङ गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुँदाको अभाव धेरै खड्कियो । कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्‍याउनलाई पनि समस्या भयो । गाउँपालिकाले भाडामा गाडी लिएर चलायो । भाडाको गाडी महंगो परेपछि गाउँपालिकाको गाडी समेत प्रयोग गरियो ।

गाउँपालिकामा भूप सैनिकले सञ्चालन गरेको एउटा मात्रै एम्बुलेन्स थियो । त्यो पनि भनेको बेलामा चढ्न नपाउने समस्या थियो पालिकावासीलाई । गाउँपालिकाले आफ्नै एम्बुलेन्सको आवश्यकता महसुस गर्दै आर्थिक वर्ष २०७८र२०७९ को नीति तथा कार्यक्रममा ‘सुत्केरी, दुर्घटनामा परेका घाइते र ७५ वर्ष उमेरमाथिका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ’, भनेर उल्लेख गर्‍यो ।

नीति तथा कार्यक्रममा एम्बुलेन्सको व्यवस्था गरिनेछ भनेर बुँदा मात्र राखेन गाउँपालिकाले १५ लाख रुपैयाँ एम्बुलेन्स खरिद शीर्षकमा बजेट पनि छुट्यायो । सोही बजेटले गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ ।

भन्सार छुट गरेर १० लाख ८० हजार रुपैयाँमा खरिद गरी ल्याइएको एम्बुलेन्स घिरिङ सुनधारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए । उनका अनुसार एम्बुलेन्स सञ्चालन र व्यवस्थापन स्वास्थ्य चौकी मार्फत हुनेछ ।

गाउँपालिकाको एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीले छिटो, सहज र सर्वसुलभ तरिकाले अस्पताल आउजाउ गर्न पाउने अध्यक्ष रानाले बताए । ‘गाउँपालिकामा भूपू सैनिकले चलाएको एउटा मात्रै एम्बुलेन्स थियो । बर्खाको बेला जताततै गाडी चल्न नसक्ने अवस्थामा अस्पताल जानलाई गाउँ गाउँका बिरामीलाई समस्या भएको थियो । घिरिङमा एम्बुलेन्स अति आवश्यक थियो । गाउँपालिकाले खरिद गरेर सञ्चालन गरेको छ । अब त्यो समस्या हट्छ’, उनले भने ।

७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, दुर्घटनाका घाइते र सुत्केरीलाई एम्बुलेन्सले निःशुल्क सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले बताए । ‘सुत्केरीको हकमा यहाँको स्वास्थ्य संस्थाबाट रिफर गरेकालाई निःशुल्क बोक्छ’, रिमालले भने ।

आँबुखैरेनी गाउँपालिकाले पनि कोरोनाको बेला अभाव खड्किएपछि एम्बुलेन्स खरिद गरेर पुसको अन्तिमदेखि सञ्चालनमा ल्याएको छ । आफ्नै एम्बुलेन्स नभएको देवघाट गाउँपालिकाको हालै सम्पन्न नवौँ गाउँ सभामार्फत गाउँपालिका अन्तर्गत रहने गरेर एम्बुलेन्स खरिद गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ५१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क