२८ भदौ २०८३, आइतबार | September 13, 2026

जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित, ६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी



कपिलवस्तु । जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो ।

जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे । कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसनमा भएकाले इन्सपेक्टर पौडेल बैठकमा पुगेका थिए ।

प्रहरीलाई सम्मानित गर्दै जिल्ला न्यायाधीश सापकोटाले कपिलवस्तु प्रहरीले कुशल नेतृत्व पाएको र कानुन कार्यान्वयनमात्र नभई अनुसन्धानमा अब्बल काम गरेको बताए । ‘जिल्लामा तपाईंहरुले गज्जबको नेतृत्व पाउनुभएको छ । टिम र नेतृत्व गज्जबको छ । एसपी ९कार्की० सापको यो नेतृत्वबाट तपाईहरुले क्षमता अभिवृद्धिमा लाभ लिने, सिक्ने कुरा पनि धेरै छन्,’ न्यायाधीश सापकोटाले भने ।

६ महिनामा ५७७ जना पक्राउ

जिल्लामा एसपी दानबहादुर कार्की प्रहरी प्रमुख भएर आएपछि यो आर्थिक वर्षको ६ महिनामा जिल्ला अदालतको सजाय छलेर फरार ‍५७७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ । ३२ लाख ४२ हजार ८३२ रुपैयाँ जरिवाना असुली भएको छ ।

फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै जिल्ला अदालतले ५ माघमा प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार शुक्रबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायधीश सापकोटाले जिल्ला प्रहरी कार्यालयलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरे ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १२ : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार