२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बिजबजारको आधिकारिक बिजनेश पार्टनर बन्यो ‘साइन्टिफिक विजनेश हव’



काठमाडौं । हालै बजारमा आएको बिजबजार ई कमर्स प्लेटफर्मका लागि बागमती प्रदेशको आधिकारिक बिजनेश पार्टनरमा साइन्टिफिक विजनेश हव प्राली नियुक्त भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा बिजबजार र साइन्टिफिक विजनेश हव प्रा.लि. बीच हालै हस्ताक्षर भएको छ । साइन्टिफिक विजनेश हव प्रालीले बिजबजारका लागि काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लामा आधिकारिक बिजनेश पार्टनर भएर काम गर्नेछ ।

उक्त सम्झौता पत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रिब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक विजनेश हवका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन् ।

बिजबजार इकमर्स प्लेट फर्म ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ हालसालै मात्र सञ्चालनमा आएको ईकमर्स प्लेटफर्म हो ।

ईकमर्स क्षेत्रमा साइन्टिफिक विजनेश हव प्रालीले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ । बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना आधिकारिक बिजनेश पार्टनरहरु नियुक्त गरिसकेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : १४ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप