६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग



काठमाडौं । चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ ।

मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन ।

तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कली महसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

खाद्य विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै नियमकानुनबारे सार्वजनिक सूचना जारी गरेको हो । ‘महको उत्पादन तथा प्याकिङ गरी बिक्रीवितरण गर्ने खाद्य उद्योगले खाद्य ऐन २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा अनुज्ञाप लिइ र प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्रीवितरण गर्न हुन जानकारी गराइन्छ ।’

महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । साथै महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र खुलाउन भनिएको छ । अनुज्ञापत्र नभएको मह उपभोग नगर्न पनि उपभोक्तालाई आह्वान गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३३ बजे

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

भोजपुर । यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको

कांग्रेसको संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक, बिस्तृत काठमाडौंमा सार्वजनिक गरिने (पूर्णपाठ)

नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा पुगेर आफ्नो चुनावी घोषणा

‘सहिदको बलिदानले उज्यालिएको प्रजातन्त्रको नयाँ बिहानी’

काठमाडौँ । मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने

लोकतन्त्रका आधार नै युवा पुस्ता हुन् : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौ । लाजिम्पाटस्थित होटल ले हिमालयको रहेको पान–एशियन फाइन डाइनिङ