१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

हिमपातले उपल्लो डोल्पामा पशु पाल्नै मुस्किल



जाजरकोट । भारी हिमपातका कारण उपल्लो डोल्पामा पशुपालन व्यवसायमा समस्या भएकाे छ । लगातारकाे हिपातले बाख्रा, चौँरीगाई, भेँडा, जुमा, झोपा, घोडा र लुलुगाईलाई आहारा खुवाउनसमेत मुस्किल भएको हो ।

बाटो हिउँले पुरिएपछि चरिचरन क्षेत्रमा लैजान सकिएकाे छैन । पाटन क्षेत्र हिउँले ढाक्दा पशुलाई आहारा खुवाउन समस्या भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए । उवा र गहुँको पराल पर्याप्त नहुँदा झन समस्या परेकाे छ ।

स्थानीय आफैँले खानाका लागि अन्न पर्याप्त नभएको समयमा पशुलाई कसरी दिनु अध्यक्ष गुरुङले भने,‘१५ हजार रुपैयाँ तिर्दासम्म पनि १ क्वीन्टल चालम पाइँदैन , अन्य अन्नको कुरा छोड्नु न ?’

उनले अहिले हिउँले घाँस ढाकिएकाले पशुको पेट भर्न नसकिएको बताए । लगातारको हिमपातका कारण पशु व्यवसाय संकटमा परेको तिन्जेका स्थानीयबासी सोनाम मिङगजम गुरुङले बताए ।

उनले हिउँले घाँस पुरिएपछि मानिसका लागि साँचिएको आहारा पनि कुँडाे बनाएर पशुभाउलाई खुवाउने गरिएको बताए । ‘मानिसका लागि जम्मा गरिएको अन्न अहिले पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘केही दिन अझै हिउँ परिरह्यो भने चौपाया भोकभोकै मर्नुपर्ने अवस्था आउँछ।’

उपल्लो डोल्पामा अन्न कम उत्पादन हुन्छ। भारी हिमपातका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षदेखि उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गरेको छैन । स्थानीय उत्पादनले समेत नपुग्ने बताउदै सिमेनका तिन्ले लुन्दुपले राज्यले उपल्लो डोल्पाका सर्वसाधारणलाइ नागरिक नै नमानेके बताए ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : १३ बजे

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल