१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अन्नपूर्ण आधार शिविर पदमार्गमा थपिँदै पूर्वाधार



गण्डकी । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले । यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ ।

विश्वका १० उत्कृष्ट पदमार्ग मध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ ।

चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने परम्परागत सुविधा सम्पन्न होटेल बनेका छन् भने पूर्वाधार थपिने क्रम जारीनै छ ।

एक वर्ष अघिसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल चलेकोमा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएका छन् । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा रहेका थिए । पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको स्थानीय युवा पर्यटन व्यवसायी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताए।

गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो । उक्त क्षेत्रमा टाढापानी–मुल्डे–हिडनलेक हुँदै छोम्रोङसम्मको अर्को पदमार्ग पनि सञ्चालनमा आएको उहाँले जानकारी दिए । पदमार्गमा पर्ने चार हजार ३०० मिटर उचाइको हिडन लेक अर्को महत्वपूर्ण आकर्षण हो । उचाइमा भएका कारण जाडोमा जमेर बरफ बन्ने तथा गर्मीमा पग्लने भएका कारण कहिले देखिने त कहिले नदेखिने हुन्छ ।

पर्यटन व्यवसायी एवं छोम्रोङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव दीलिप गुरुङका अनुसार पदमार्ग क्षेत्रका अन्नपूर्ण आधार शिविरमा पहिला चारवटा होटेल रहेकोमा अहिले दुईवटा थपिएका छन् । माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा रहेकोमा अहिले एउटा थपिँदैछ । हिमालयमा यस अघि दुईटा होटेल रहेकोमा एउटा थपिएको छ । देउरालीमा चार रहेकोमा अहिले एउटा थपिएको छ । दोभानमा तीनवटा रहेकोमा दुई थप भई पाँचवटै होटेल सञ्चालनमा आइसकेका छन् ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

पदमार्ग क्षेत्रको हिङ्कु क्षेत्रमा बारम्बार हिम पहिरो गइरहने भएकोले त्यहाँ करिब ३०० मिटर लम्बाइको झोलुङ्गे पुल हाल्न आवश्यक देखिएको अन्नपूर्ण गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष हिमबहादुर गुरुङले बताए । झोलुङ्गे पुल निर्माणका लागि तीनवटै तहको साथ र सहयोग आवश्यक देखिएको उनको भनाइ छ । पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै उनले दोभान र हिमालयको बीचमा १०८ पूजनीयम १०८ धारा र बराहको मन्दिर निर्माण भैरहेको बताए । मन्दिर निर्माणका लागि गाउँपालिकाले वडामार्फत रु १० लाख उपलब्ध गराएको छ । अन्नपूर्ण क्षेत्रको पर्यावरणीय संरक्षणका लागि यस क्षेत्रमा जथाभावी हेलिकप्टर उडानमा रोक लगाइएको वडाध्यक्ष गुरुङले बताए । -रासस

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १ : ०६ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको