२९ भदौ २०८३, सोमबार | September 14, 2026

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ एप संचालनमा



काठमाडौ । बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ ।

जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।
नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ ।

विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् ।

यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।

विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ६ : ४८ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा