१३ बैशाख २०८३, आइतबार | April 26, 2026

वैशाखमै स्थानीय निर्वाचन गर्न देउवामाथि दबाब



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए ।

तर, प्रमुख सत्तारूढ कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचनजस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय गर्न नपाउने भन्दै वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने भनेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले निर्वाचन जस्तो महŒवपूर्ण विषयमा पार्टीभित्र कुनै पनि छलफल नै नगरी सभापति एकलौटी ढंगबाट अघि बढेको र वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने निष्कर्ष बैठकको रहेको बताए ।

‘निर्वाचन जस्तो विषयमा कसरी अघि बढ्ने भन्नेमा पार्टीभित्र छलफल नै भएको छैन, यो दुःखद् हो, निर्वाचनका विषयमा पार्टीमा छलफल गरेर निर्णय हुनुपर्छ, स्थानीय तहको निर्वाचन वैशाखमा नै हुनुपर्छ भन्ने बैठकको निष्कर्ष हो । स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने विषयले कांग्रेसलाई कमजोर बनाउँछ,’ नेता केसीले बैठक’ बारे जानकारी दिँदै भने ।

बैठकमा स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने र अघिल्लो सरकारको निरंकुशताविरुद्ध बनेको गठबन्धन जनमत लिने विषयमा आवश्यक नभएको विषयमा पनि बहस भएको छ ।

‘गठबन्धन अघिल्लो सरकारको अधिनायकवादी, निरंकुश र प्रतिगमनकारी षड्यन्त्रविरुद्ध बनेको हो, निर्वाचनमा जनमत लिनका लागि होइन, यो गठबन्धन स्थानीय तहमा कायम हुनुहुँदैन, गठबन्धन रहे कांग्रेसलाई क्षति पुग्छ,’ केसीले अघि भने ।

बैठकमा सो समूहका नेता डा. कोइरालाले सभापतिले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेको भन्दै त्यसको विरोध गर्न नेताहरूलाई आग्रह गरेका थिए ।

उनले पार्टीभित्र साझा धारणा बनाएर मात्रै अन्य दल र गठबन्धनसँग छलफल गर्नुको साटो पार्टीभित्र छलफल नै नगरी एकलौटी रूपमा अघि बढ्नु गलत भएको भन्दै बैठकमा धारणा राखेका थिए ।

डा। कोइरालाले बोलाएको भर्चुअल बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेताहरू केसी, डा. रामशरण महत, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायत सहभागी थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ५१ बजे

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, ट्रम्पलाई आकस्मिक बाहिर निकालियो

काठमाडौं । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै