१६ माघ २०८२, शुक्रबार | January 30, 2026

जिएमई रेमिट र एनइसी मनी एक्स्चेन्जबीच रेमिट्यान्स सम्झौता, संयुक्त कारोबार सुचारु



काठमाडौ । बहराइनस्थित  मनी एक्स्चेन्ज कम्पनी एनइसी मनी एक्स्चेन्ज र जिएमई रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र एनइसी मनी एक्स्चेन्जको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फुवाद दाउद नोनोले हस्ताक्षर गरेका छन् ।

एनइसी मनी एक्स्चेन्जका बहराइन स्थित २१ वटा शाखा बाट सजिलै सँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।
यस सम्झौताअन्तर्गत नेपाल मा जिएमइ रेमिटसँग आवद्ध १५००० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी Real time deposit गर्न सकिने र यसका साथै Ime Pay Wallet मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।

जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : २५ बजे

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो