२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सर्पदंश उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई सर्पदंश र कोभिड १९ को उपचारका लागि आबश्यक पर्ने उपकरणसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । फेयरमेड फाउण्डेसन नेपालको आर्थिक सहयोगमा ईन्द्रेणी ग्रामिण बिकास केन्द्र रुपन्देहीले मंगलबार २ लाख २५ हजार बराबरको स्वास्थ्य उपकरण सहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

ईन्द्रेणीका अध्यक्ष बिष्णु गौतम , कार्यकारी निर्देशक प्रदिप शाह , बित्तिय प्रशासन अधिकृत राजु शाह, परियोजना अधिकृत मिरा थापा तथा फेयरमेडका परियोजना संयोजक शशिकुमारलाल कर्ण र साझेदारी सुशासन तथा श्रोत परिचालन बिशेषज्ञ तुल्सीराम खनालले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर इन्द्र ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । स्वास्थ्य सामग्री ग्रहण गर्दै मेडिकल सुपरिटेण्डेण्ट डाक्टर ढकालले सामाजिक संघसंस्थाको सहयोगले अस्पतालको उपचार सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

लुम्विनी प्रदेशका तराईका जिल्लामा सर्पदंशका घटना बढि हुने र उपचारको लागि प्रादेशिक अस्पतालमा आउने बिरामीको लाई सहजहोस भनेर क्रास कार्ड, भेण्टिलेटर सर्किट तथा सक्सन मेसिन सहितका उपकरण प्रदान गरिएको फेयरमेडका परियोजना संयोजक शशिकुमारलाल कर्णले बताए । रुपन्देहीका १६ बटै पालिकामा इन्द्रेणीले फेयरमेडको सहयोगमा आधारभूत स्वास्थ्य परियोजनाको कार्यन्वयन गरिरहेकोछ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ४१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले