२८ आश्विन २०८३, बुधबार | October 14, 2026

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति



काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति पाँच सय र भीआईपीतर्फ एक हजार टिकट दर कायम गरेको छ । मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नेछन् । एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपाल आएपछि पीसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन् । रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने ५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ४४ बजे

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी, जनजाति क्लस्टरमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा बहादुरसिंह लामा विजयी भएका