२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेका गुरु बराल अभागी, गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी



विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी भएका छन् ।

बस्नेत अन्यतर्फको सदस्यमानिर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला थुत्दा बस्नेतलाई चिठ्ठा परेको हो ।

बस्नेत र बरालले बराबर ४४८८ मत प्राप्त गरेका थिए । त्यसपछि निर्वाचन कार्यालयले गोला प्रथाद्वारा बस्नेत विजयी भएको घोषणा गरेको थियो । बस्नेतले प्रदेशसभाबाट ५० र स्थानीय तहबाट ११६ मत प्राप्त गरका थिए । यस्तै बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा विजयी भएका छन् ।

राप्रपाका उम्मेदवार अमरबहादुर थापाले प्रदेशबाट २ र स्थानीय तहबाट ४ मतसहित १६८ मतभार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले