६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

विश्व इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धिदेखि भियतानम युद्ध अन्त्य



काठमाडौं । आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि

सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण सन्धि भएको थियो । सन्धिले अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न रोक लगाएको थियो ।

तीन अन्तरिक्ष यात्रीको मृत्यु

सन् १९६७ को २७ जनवरीमा अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीन जना अन्तरिक्ष यात्रीको जलेर मृत्यु भएको थियो । उनीहरुलाई बोकेको यानमा अकस्मात प्राविधिक समस्या देखिएपछि आगो लागेको थियो । सो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो ।

रुसी फौजद्वारा अस्चिविज स्वतन्त्र

सन् १९४५ मा रुसी फौजले विश्वयुद्धमा नाजीले हत्या गरेको कुख्यात ठाउँ अस्चिविजललाई स्वतन्त्रत गरेको थियो । पोल्यान्डको अस्चिविजनजिक क्याम खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले ११ लाख मानिसको हत्या गरेको थियो ।

भियतानम युद्ध अन्त्य

सन् १९७३ को २७ जनवरीमा भियतनाम युद्ध समाप्त भएको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतानम युद्ध घोषण भएको अन्त गरेको थियो । भियतनाम युद्धमा हजारौंको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ७ : २२ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का