६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

नयाँ संसद् आउँदा तयार होला त भवन ?



काठमाडौं । संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गरिँदै आएको छ ।

व्यवस्थापिका राज्यको एउटा अभिन्न अङ्गको रूपमा संविधानले व्यवस्था गरेकाले अब संसद्को स्थायी संरचना आवश्यकता देखिन्छ । संसद् सचिवालय सिंहदरबारमा रहेकाले संसद् बैठकको दिन कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट हुँदै आएको छ ।

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का दिइएको थियो ।

२०७६ असोजमा संसद् भएको शिलान्यास भएको थियो । ठेक्का बमोजिम सिंहदरबारको पुतली बगैँचामा दुई वर्षदेखि संसद्को आफ्नो भवन बनाउने क्रम जारी छ ।

तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको नयाँ भवन निर्माणको हालसम्मको भौतिक प्रगतिको गति सन्तोषजनक नदेखिएको संसद्को विकास तथा प्रविधि समितिले बताएको थियो । आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ०१ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का