२५ असार २०८३, बिहिबार | July 10, 2026

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको तत्काल सम्बोधन गर्न ‘मार्सल टिम’ गठन



काठमाडौं । श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि ‘मार्सल टिम’ गठन गरिएको छ। रोजगारीको आश्वासनमा भिजिट भिसामा मलेसिया दुबई लगायत खाडी मुलुक पुगेर पीडित भएकाहरुको सम्बोधन गर्न यस्तो टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

पीडितको समस्या तत्कालै समाधानका लागि मार्सल टिम बनाइएको उनको दाबी छ । यस्तो मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, नेपाल प्रहरीका प्रतिनिधि लगायत रहने छन् ।

मन्त्री श्रेष्ठले यसले ठग र दलालहरुलाई तह लगाउने दाबी गरे । ुपीडितहरुको कुरा सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल यसले एक्सन गर्छ। यो ठग र दलालहरुलाई तह लगाउन बनाइएको मार्सल टिम होु मन्त्री श्रेष्ठले भने । यसअघि बुधबार भिजिट भिसा बारे अध्ययन गर्न र समस्या सम्बोधनको उपायबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ४७ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट