१४ भदौ २०८३, आइतबार | August 30, 2026

किन घटे राहुल गान्धीका ट्विटर फलोअर्स ?



नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष गुनासो गरेका छन् ।

आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स बृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।

ट्विटरका सीइओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख ५० हजार नयाँ फलोअर्स बनेको र औषतमा दैनिक आठ हजारदेखि १० हजार नयाँ फलओर्स हुने गरेकोे उदाहरणसमेत उनले पेस गरेका छन् ।

सन् २०२१ को सुरुदेखि भने उनका नयाँ फलोअर्स झन्डै शून्यमा झरेका छन् । यसको कारण तीन महिना ट्विटरमा उनले छनौट गर्ने छलफलको विषय हुन सक्ने सामाजिक सञ्जालका विज्ञहरुले बताएको पनि गान्धीले पत्रमा लेखेका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ०९ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना