६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

दुई वर्षदेखि रित्तै छ रातापानीको बिक्री केन्द्र



मुगु । मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र दुई वर्षदेखि रित्तै अवस्थामा छ । नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा सिद्धार्थ ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्‍याउँदा रित्तो अवस्थामा रहेको हो ।

कम्पनीले समयमै खाद्यान्न नपर्‍याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको सिद्धार्थ कन्स्ट्रक्सनलाई पटकपटक चिठी काट्दासमेत अटेर गरेको शाखाका प्रमुख पुष्कर भामले बताए । उनले भने विगत वर्षमा यस्तो अवस्था आएको थिएन ।

अहिले दुई वर्षसम्म खाद्यान्न नपुर्‍याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन । गत वर्षको असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७/७८ मसान्तसम्म सम्झौता बमोजिम ठेकेदारले ७५० क्विन्टल चामल बिक्री केन्द्रमा पु¥याउनुपर्ने हो । तर, दुई वर्षसम्म नपुर्‍याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

गाउँपालिकासँग समन्वय गरी चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताए ।

सिद्धार्थ कम्पनीका प्रोप्राइटर रमेश अनुसार समन्वय अभावका कारण चामल पुर्‍याउन नसकिएको बताउँछन् । कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्‍याउने जिम्मा लिँदै आएको छ ।

खत्याड गाउँपालिकामा रहेको रातापानी बिक्री केन्द्रमा दुई वर्षसम्म नपुग्नुको कारण त्यहाँको स्थानीय सरकार खत्याडले अनुमति नदिनु नै हो । चामल पु¥याइहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गरेको र कच्ची सडकका कारण पुर्याउन नसकिएको बताइएको छ ।

डिपोमा कर्मचारी राख्न माग

डिपो केन्द्रमा कर्मचारी पर्याप्त नहुँदा समस्या भएको दाबी गरे । कर्मचारी नहँुदा एक्लै आफूले ढुवानी गर्न, बिक्री वितरण गर्न सास्ती हुन्छ । चामल पुर्‍याएपछि त्यहाँका स्थानीयले समन्वय गर्दैनन् । त्यसैले समस्या देखिएको हो उनको भनाइ छ ।

ठेकेदारले खाद्यको चामल नपुर्‍याएपछि अहिले उक्त बिक्री केन्द्र वरपरका स्थानीयले बजारको महँगो चामल किनेर उपभोग गर्न बाध्य छन् । सोरु गाउँपालिकामा रहेको सोरुकोट डिपो केन्द्रमा १८० क्विन्टल, कालै डिपो केन्द्रमा रित्तै भएका छन् ।

मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले आठ महिनासम्म थेग्छ ।

सरकारी स्वामित्वको खाद्य संस्थानको चामल अनुदानको कोटामा दिइए पनि खत्याडबासीले यो सुविधा उपभोग गर्न पाएका छैनन् । बिक्री केन्द्रमा चामल सकिएपछि शाखा कार्यालयमा प्रत्येक दिन ५० देखि ८० सम्म सेवाग्राही आउन थालेको र बजारको महंगो चामल उपभोग गर्न बाध्य भएका छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : २२ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का