१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नेपाल राष्ट्र बैंकले १० करोड रकम ब्याजमा लागानी गर्दै (सूचनासहित)



काठमाडौं । बाणिज्य बैंकहरुमा तरलताका कारण लगानी गर्ने अवस्था समेत नभएको अवस्थामा नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्न थालेको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न थालेको हो ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई बिभिन्न सर्तहरु सहित निक्षेपका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकको सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा राखिने, १ करोड ५७ लाख रुपैयाँ विकास बैंकमा राखिने छ भने ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले लिन पाउने भएका छन् ।

उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगामी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

निक्षेप प्राप्त गर्नका लागि भने इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राखेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/01/Lagani_Notice_2078.10.14.pdf”]

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : २५ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण