१३ बैशाख २०८३, आइतबार | April 26, 2026

बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण



म्याग्दी । जिल्लाको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए ।

पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।

सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु.आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर यसै महिनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले बताए ।

नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु. एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । क्याम्पसचोकका वासिन्दाले रु. २१ लाख सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए ।

अधिग्रहण भएको घरको भुइतला मुनी भूमिगत नाला बनाएर बाढी ब्यवस्थापन गर्ने बनाइएको छ । भुइतलाको सटर सहित तीन वटा कोठा भाडामा लगाउन मासिक न्युनतम रु. ३० हजार भाडा कायम गरेर प्रस्ताव आव्हान गरेको छ ।

पहिलो तलाको तीन वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुननिर्माण गरेर कार्यालय स्थापना गर्न रु. दश लाख खर्च भएको बताइएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा शुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्यलाई पुर्णता दिन चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. बीस लाख बजेटको काम गर्न ठेक्का लागेको इञ्जिनियर विमलरञ्जन कार्कीले बताए । गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयहरुका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १८ बजे

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण