तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका-५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।



















प्रतिक्रिया