७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सत्ता गठबन्धनमा एमसीसीको सकस : देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति



काठमाडौं । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसदमा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सत्ता गठबन्धभित्र एमसीसीको विषयलाई लिएर गठित कार्यदलका सदस्यहरूले संशोधन गर्नुपर्ने विषयसहितको सुझाव प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूलाई अवगत गराइसकेको भए तापनि सत्ता गठबन्धनबीच अझै एमसीसीको विषयमा साझा धारणा बन्न सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसीसी तत्काल अगाडि बढाउने प्रस्ताव अगाडि सारिरहँदा सत्ता सहयात्री चारै दलले असहमति राख्दै आएका छन् ।

केही दिनयता प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रका शीर्ष नेताहरूसँग एमसीसी परियोजना अगाडि बढाउन संवाद गर्दै आएका छन । उनले एमसीसीको विषयलाई सधैं अल्झाएर राख्न नहुने भन्दै संसद्बाट अनुमोदन गरेर टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन । एमसीसी पारित गर्नका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल हुन सकिरहेको छैन । प्रधानमन्त्रीले अब बस्ने संसद् बैठकमा एमसीसीलाई टेबुल गर्ने तयारी अगाडि बढाएपछि शीर्ष नेताहरू छलफल जुटेका छन ।

सोमबारको छलफलमा शीर्ष नेताबीच एमसीसीका साथै विभिन्न देशमा राजदूत नियुक्ति र स्थानीय तह निर्वाचनबारे पनि कुराकानी भएको थियो । सत्ता गठबन्धनले संविधानसँग बाझिएको स्थानीय तहसम्बन्धी कानुन संशोधन गरेर मात्रै मिति घोषणा गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तर, प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अगाडि बढाउने प्रस्ताव अगाडि सारेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणाको प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ०५ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज