११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सत्ता गठबन्धनमा एमसीसीको सकस : देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति



काठमाडौं । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसदमा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सत्ता गठबन्धभित्र एमसीसीको विषयलाई लिएर गठित कार्यदलका सदस्यहरूले संशोधन गर्नुपर्ने विषयसहितको सुझाव प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूलाई अवगत गराइसकेको भए तापनि सत्ता गठबन्धनबीच अझै एमसीसीको विषयमा साझा धारणा बन्न सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसीसी तत्काल अगाडि बढाउने प्रस्ताव अगाडि सारिरहँदा सत्ता सहयात्री चारै दलले असहमति राख्दै आएका छन् ।

केही दिनयता प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रका शीर्ष नेताहरूसँग एमसीसी परियोजना अगाडि बढाउन संवाद गर्दै आएका छन । उनले एमसीसीको विषयलाई सधैं अल्झाएर राख्न नहुने भन्दै संसद्बाट अनुमोदन गरेर टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन । एमसीसी पारित गर्नका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल हुन सकिरहेको छैन । प्रधानमन्त्रीले अब बस्ने संसद् बैठकमा एमसीसीलाई टेबुल गर्ने तयारी अगाडि बढाएपछि शीर्ष नेताहरू छलफल जुटेका छन ।

सोमबारको छलफलमा शीर्ष नेताबीच एमसीसीका साथै विभिन्न देशमा राजदूत नियुक्ति र स्थानीय तह निर्वाचनबारे पनि कुराकानी भएको थियो । सत्ता गठबन्धनले संविधानसँग बाझिएको स्थानीय तहसम्बन्धी कानुन संशोधन गरेर मात्रै मिति घोषणा गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तर, प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अगाडि बढाउने प्रस्ताव अगाडि सारेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणाको प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ८ : ०५ बजे

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका