२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो



प्युठान । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी-६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा बेहुलासहित ५ जना गम्भिर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ०२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले