२९ भदौ २०८३, सोमबार | September 14, 2026

पत्रकार परिचयपत्र देखाउँदै प्रहरीसँग वार्गेनिङ गर्ने पक्राउ



नेपालगन्ज । पत्रकारको आवरणमा  नेपालगन्जमा प्रहरीसँग  वार्गेनिङ गर्न पुगेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आफुलाई पत्रकार भएको बताउँदै परिचय पत्र देखाएर नेपालगन्ज भन्सारमा खटिएका नेपाल प्रहरीका जुनियर अफिसरसँग पैसा माग्न पुगेका मनोज तमोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

तमोलीले नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग १० हजार रकम मागे पछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तमोलीले १० हजार रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

जमुनाहा प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमोलीलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : २३ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७