२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

देशकै पहिलो तीनमुखे झोलुङ्गेपुल निर्माणको अन्तिम चरणमा



काठमाडौं । तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूर्णता पाउन लागेको छ । पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्नेछ ।

नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभागअन्तर्गतको झोलुङ्गेपुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीमा बनाइएको झोलुङ्गेपुलको मुख्य पिलरको लम्बाइ १७७.४ मिटरको छ । पिलर तीन जिल्लाको मध्यभागमा पर्नेगरी निर्माण गरिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने पुल निर्माणकार्य ढिलाइ भए पनि अब आशा पलाएको बताए । निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीले अहिले काम तीव्र गतिमा अगाडि बढेको बताउँदै बीचमा प्राविधिक समस्याका कारण ढिलाइ भए पनि अब कामले पूर्णता पाउने बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ५१ बजे

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल