१६ माघ २०८२, शुक्रबार | January 30, 2026

प्रसिद्ध गायिका लता मंगेशगरको निधन



काठमाडौं । चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा कोरोना र निमोनियाको उपचार गराइरहेकी मंगेशकरको आइतबार बिहान निधन भएको हो ।

मंगेशकर एक महिना यता ब्रीच क्याण्डी अस्पतालमै उपचारथ थिइन् । विगत चार-पाँच दिन यता उनको स्वास्थ्यमा उल्लेख सुधार आएको बताइएको थियो।

९२ वर्षीया मंगेशकरलाई ८ जनवरीमा कोरोना पोजेटिभ देखिएका थियो । त्यसपछि उनलाई अस्पताल गरिएको थियो।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । ३६ भाषाका ५० हजार बढी गीतामा आफ्ना आवाज दिएका मंगेशकरले थुप्रै नेपाली गीत पनि गाएकी छिन्।

करिब चालिस वर्ष उनले बलिउडको पाश्र्व गायनमा एकक्षत्र राज गरेकी थिइन् । सन् १९६० देखि २००० बीचमा मंगेशकरको आवाज नभएको फिल्मलाई अधुरो मानिन्थ्यो । सन् २००० पछि भने उनले पाश्र्व गायनलाई कम गरेकी थिइन्।

मंगेशकरले अन्तिम पटक सन् २०१५मा फिल्म ‘डुन्नो वाइ’मा अन्तिम पटक गीत गाएकी थिइन् ।

८० वर्ष गायनमा बिताएकी मंगेशकरले १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड डराएकी थिइन् । सन् २००१ मा प्रसिद्ध भारत रत्न सम्मानबाट सम्मानित भएकी थिइन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ३५ बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग