१६ चैत्र २०८२, सोमबार | March 31, 2026

प्रसिद्ध गायिका लता मंगेशगरको निधन



काठमाडौं । चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा कोरोना र निमोनियाको उपचार गराइरहेकी मंगेशकरको आइतबार बिहान निधन भएको हो ।

मंगेशकर एक महिना यता ब्रीच क्याण्डी अस्पतालमै उपचारथ थिइन् । विगत चार-पाँच दिन यता उनको स्वास्थ्यमा उल्लेख सुधार आएको बताइएको थियो।

९२ वर्षीया मंगेशकरलाई ८ जनवरीमा कोरोना पोजेटिभ देखिएका थियो । त्यसपछि उनलाई अस्पताल गरिएको थियो।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । ३६ भाषाका ५० हजार बढी गीतामा आफ्ना आवाज दिएका मंगेशकरले थुप्रै नेपाली गीत पनि गाएकी छिन्।

करिब चालिस वर्ष उनले बलिउडको पाश्र्व गायनमा एकक्षत्र राज गरेकी थिइन् । सन् १९६० देखि २००० बीचमा मंगेशकरको आवाज नभएको फिल्मलाई अधुरो मानिन्थ्यो । सन् २००० पछि भने उनले पाश्र्व गायनलाई कम गरेकी थिइन्।

मंगेशकरले अन्तिम पटक सन् २०१५मा फिल्म ‘डुन्नो वाइ’मा अन्तिम पटक गीत गाएकी थिइन् ।

८० वर्ष गायनमा बिताएकी मंगेशकरले १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड डराएकी थिइन् । सन् २००१ मा प्रसिद्ध भारत रत्न सम्मानबाट सम्मानित भएकी थिइन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ३५ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित