१४ बैशाख २०८३, सोमबार | April 27, 2026

गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुन्छ : गृह मन्त्रालय



काठमाडौं । गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

विद्यार्थीलाई विदेश पठाउदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ ।

यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा ईजाजत नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ’,  गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’

गैरकानूनी रुपमा काम गरेको संस्थाहरुरव्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिन गृहले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : १२ बजे

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्