१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल



खोटाङ । जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ ।

१५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।

निर्माण कम्पनी श्यामसुन्दर/रामसागर नेपाल/फूलवारी जेभीको लापरबाहीका कारण जिल्ला अस्पतालको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

१ वैशाख २०४९ मा स्थापना गरिएको अस्पतालको स्तरोन्नतिका क्रममा ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ भएको भवन निर्माण गर्ने सम्झौता छ । सोही सम्झौताअनुसार जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत रहेको पुरानो भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको हो । तर सोही भवन बन्ने जग्गाको भित्तामा निर्माण सुरु गरिएको पर्खाल सामान्य वर्षाकै कारण २१ माघमा भत्किएको हो ।

कुल लम्बाइ २७ मिटर र उचाइ ७ मिटर हुने पर्खालको जगभन्दा माथिबाट करिब ६/७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको स्थानीयले बताएका छन् ।

५० शैयाको नयाँ भवन निर्माणको काम सम्पन्न नभएसम्मका लागि उपचार सेवालाई निरन्तरता दिन सो मेसिनरी वालभन्दा माथि प्रिफ्यावको डिक्यान्टिङ भवन बनाएर बिरामी राख्ने वार्ड बनाइएको छ । तर, सोही डिक्यान्टिङको पेटीमुनिको टेवा पर्खाल भत्किएपछि बिरामी वार्डसमेत जोखिममा परेको छ । बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज (पेटी) र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुन:निर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले बताए ।

करिब २१ करोडको लागतमा ३० महिनाभित्र ५० शैयाको भवन निर्माण सक्ने गरी गत असारमा ठेक्का सम्झौता गरिएको हो । संघीय सरकारले संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगामार्फत बजेट पठाएपछि गत ३ भदौदेखि अस्थायी वार्ड बनाउन घडेरी सम्याउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : २० बजे

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे