६ पुस २०८२, आइतबार | December 22, 2025

गुल्मीमा भूमि आयोगले अझै पूर्णता पाएन



गुल्मी । गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भएका एक महिना पुगे पनि सदस्यको टुंगाे लागेको छैन ।

ठकुरी एकीकृत समाजवादीबाट अध्यक्ष भए । तर, अरु तीन सदस्य केन्द्रबाट मनोनित भएका छैनन् । बाँकी सदस्य अझै मनोनित नभएकाले पदेन सदस्यसहित आयोगका काम अगाडि थालिएको ठकुरीले बताए ।

अहिलेसम्म समितिले पूर्णता पाएको छैन । अघिल्लो आयोगबाट सबै कागजपत्र र प्रमाण हस्तान्तरण नभएकाे उनले बताए ।

ठकुरीले सदस्य मनोनित हुने बित्तिकै महत्वपूर्ण काम अगाडि बढाउने बताए । उनले अहिलेसम्म राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, कोभिड र सदस्यको मनोनयनसँगै बजेटले केही अलमल देखिएको स्वीकार गरे ।

आयोगले पुनःआवेदन खुला गर्ने जनाएको छ । गुल्मीमा ४ सय ३५ भूमिहीन दलित, तीन सय ९० जना सुकुम्बासी र एक हजार चार सय ४४ जना अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको आयोगका सदस्यसचिव चुन्न प्रसाद ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ४८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको