१४ बैशाख २०८३, सोमबार | April 28, 2026

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ



काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ । बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ ।

‘जसको कारण न्यायपालिकामा विचौलिया र विकृति विसंगति मौलाउँदै गएको छ, उनलाई महाअभियोगको प्रस्ताव अघि बढाउनु स्वागतयोग्य कदम हो,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

बारले राणालाई बहिर्गमन गर्नुको कारणसहित दलहरूलाई १७ बुँदे आधार दिएको थियो । बारले राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण दलहरूलाई दिएको र सोही आधारमा यो प्रस्ताव अघि बढेको उनको दाबी छ । सदनबाट उक्त प्रस्ताव पास गराएर न्यायपालिका सुधारका लागि सहयोग गर्न सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई श्रेष्ठले आग्रह पनि गरेका छन् ।

राणाको बहिर्गमनको माग गर्दै बार १०७ दिनदेखि आन्दोलनमा छ । जबराको बहिर्गमन नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।प्रधानन्यायधीश राणाविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ३ : ३५ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११