१४ बैशाख २०८३, सोमबार | April 28, 2026

सहकारीहरुलाई विभागबाट आयो कडा निर्देशन, घरजग्गामा लगानी गर्न प्रतिबन्ध, पुँजी कोषको १० प्रतिशत माथि लगानी गर्न रोक



काठमाडौं । सहकारीका नाममा बित्तिय अराजकता बढेपछि सहकारी विभागले सहकारी सञ्चालनमा थप कडाई गर्न निर्देनशन जारी गरेको छ । सहकारीहरुलाई मर्यादित र बिधिमा संचालन गराउनका लागि भन्दै विभागले ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । आइतबार सहकारी संघ संस्थाका लागि विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारी संस्थाहरुले गर्दै आएका कतिपय क्रियाकलापहरुमा अंकुश लगाएको छ ।

विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी नियमावली २०७५ को नियम ७६ (झ) बमोजिमको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको जनाएका छन् । निर्देशनमा वार्षिक २ करोड भन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्ती सहकारी संस्थाको कर्मचारी हुन नपाउने व्यवस्था गरिएको छ । त्यसैगरि सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्तीको एकाघर संगोलका व्यक्ती पनि संस्थाको कार्यकारी प्रमुख वा अन्य कर्मचारीको रुपमा काम गर्न रोक लगाइएको छ भने सहकारीको कर्मचारीको हैसियतले सञ्चालक समिति, उप समितिको बैठकमा समेत भाग लिन रोक लगाइएको छ ।

विभागले जारी गरेको निर्देशन अनुसार एकाघरका सदस्यको मञ्जुरीनामा लिएको बाहेक सदस्य तथा गैर सदस्य धितो राखेर ऋण लगानी गर्न नपाउने, सहकारीले कुल पुँजीकोषको १० प्रतिशत मात्र ऋण प्रवाह गर्न पाउने छन् । नयाँ निर्देशिकामा जलविद्युत आयोजना, अस्पताल, विद्यालय क्याम्पस, होटल, पेट्रोल पम्पलगायतमा लगानी गर्दा संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने र बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।

त्यस्तै संचालक समितिका पदाधिकारीमध्ये ४९ प्रतिशतले मात्र ऋण लिन पाउने, एटीएम, क्युआरकोड, मोवाईल बैंकिङ चलाउन विनियममा उल्लेख गर्नुपर्ने निजी कम्पनीको शेयर, डिबेन्चर बोण्ड खरिद बिक्रीका साथै घरजग्गामा लगानी गर्न नपाउने, विशिष्टकृत संघमा लगानी गर्दा साधारणसभाबाट स्विकृत गरेर मात्र लगानी गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/akikrit_nirdesika.pdf”]

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ०१ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११