७ पुस २०८२, सोमबार | December 22, 2025

सामुदायिक वनमा पनि रोकिएनन् काँचो रुखको कटान्



बुटवल । लुम्बिनी प्रदेश बुटबल चरङ्गे साझेदारी वनमा हुर्कदै गरेका सालका रुख काटीएका छन् । बुटवल देखी पूर्व चरङ्गे जगंलमा कलिला रुखहरू समेत काटीएका छन्।

आफुहरुले विहान दिउँसो राती तीन पटक गस्ती गर्दा पनि आफुहरुको खाना खाने टाइममा रुखहरु काटिने गरेको बुटवल शिबनगर सामुदायिक वनका कर्मचारीहरुले बताउँछन् ।

सामुदायिक वनका पदाधिकारी सहित सदस्यहरुले निगरानी राखेपनि रुख काटिने घटना रोकिएको छैन । ‘पटक पटक हामीले रुख काटेको भेट्टाएर हसिया डोको पनि खोसेका छौ तर हाम्रो आखा छलेर काट्छन् ।’ शिवनगर समुदायिक वनको सदस्य रचना श्रेष्ठ भन्छिन्, ‘आँखा छलेर चोरी गर्ने लाई के गर्ने ।’

‘वन कार्यलयमा कर्मचारी पनि कम छन् थप कर्मचारी राख्न बजेट छैन हामीले पालैपालो तीन पटक बिहान दिउँसो राती गस्ती गर्छौ ।’उनले भनिन् ।

गाउलेहरूले आफ्ना साना साना आवश्यकता पुरा गर्न पनि साना कलिला सालका रुख काट्ने गरेको उनकोे आरोप छ । गाँउलेहरुले पात ,दाउरा ,घास यी आवश्यकता पुरा गर्ने उद्देयले रुख काट्ने गरेको रचनाले भनिन् ।

‘जंगल जोगाउनु पर्छ भन्ने चेतना सवैमा हुनुपर्छ, जबसम्म वनको महत्व बुझ्दैनन् तवसम्म रुख काट्ने चोरी निकासी रोकिदैन ।’ शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण घिमिरे भने, -‘सामुदायीक जंगल भएपछी रुख काट्ने चोरी निकासी धेरैं नै कम भएको छ जंगल पनि घना भएकोछ ।’

‘रुख काट्ने काठ चोरी निकासी बन्यजन्तु मार्ने जस्ता केशहरु पहिलाको तुलनामा आज भोली कम आएका छन् ।’ बुटवल वन डिभिजन कार्यलयका बोधराज सुबेदी भन्छन्, -‘त्यस्ता केशहरु आए अपराधीलाई कानुन बमेजिम कारबाही गर्छौ ।’

सुबेदीका अनुसार जिल्लामा छ वटा सब स्टेसन छन् । तीनीहरुले आफ्नो आफ्नो जिम्माका वनहरु हेर्छन् । ‘बर्षमा तीस पैतिस रुख काटेका काठ चोरीका केस आएका छन् । हामीले कानुन बमोजीम कारबाहीगर्छौ।’ उनले भने।

कन्चन सामुदायीक वन नजीक रहेका स्थानीयबासी चेतनारायण सारुको भनाई अनुसार सामुदायीक वन भए पछि वन सुरक्षा कडा भएको बताउँछन् । स्थानीयबासीका लागि महिनामा २ पटक १५ ।१५ दिनमा जंगल खुल्ने भएकाले आफुहरुले त्यही समयमा आवश्यकता पुरा गर्ने सारुले वताए ।

वनसामुदायिक भए पछि काठ तस्करी चोरी निकासी कम भएको वन्य जन्तु सुरक्षित भएको कपिलवस्तु सामुदायिक वन कार्यलयका रेञ्जर रविन्द्र खनालले बताए ।

‘सुरक्षा दिदा दिदै पनि आखा छलेर तस्करी चोरी निकासी गर्नेलाई भेट्टाए हामीलाई बुझाउनुस् हामी कारवाही गर्छौ ।’ उनले भने । सर्वसाधारणमा वन सम्बन्धी चेतनाको अभाव वनको महत्व नबुझ्दा जंगल फडानी भइरहेको उनको भनाई छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : ०४ बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका