१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भीम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित



काठमाडौं । नेता भीम रावलका सुरक्षा गार्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएकोछ ।

बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्य रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमण भएको थाहा भएपछि स्थगित गरिएको हो ।

बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराइएको छ । नेता रावलले संसदमा कोरोनाको परीक्षण गराएपनि उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीको परीक्षण भएको थिएन ।

तर मंगलबार भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी रहेको थाहा भएको थियो ।

रावल नेकपा स्थायी कमिटी सदस्य हुनुहुन्छ । स्थायी कमिटी बैठकको माग गर्ने नेतामध्ये रावल पनि एक हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डको पहलमा बस्न लागेको बैठक स्थागित भएपछि अध्यक्ष एवं केपी शर्मा ओलीलाई भने हाइसञ्चो भएको छ । आफुविरुद्ध आक्रमक ढंगले प्रस्तुत हुनेथाहा पाएपछि ओलीले २५ गते बस्ने भनिएको बैठक स्थगित गराउनुभएको थियो ।

तर, आज बस्ने भनिएको बैठकमा पार्टीको आन्तरिक विवादलाई नउठाउने, भारतले गरेको सीमा अतिक्रमण र सरकारको नीति तथा कार्यक्रम र बजेटबारे मात्र छलफल हुने प्रतिद्धता अध्यक्ष प्रचण्डले जनाएपछि ओली बैठक डाक्न राजी हुनुभएको थियो ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ०४ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य