७ पुस २०८२, सोमबार | December 22, 2025

क्यालिब्रेशन फ्लाइटका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यो एरो थाईको विमान



बुटवल । क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

थाइल्याण्डबाट सिँधै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण भएको हो ।

पाइलट, कोपाइलट, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । विमानले शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट गर्ने छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ ।

क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको थियो । एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याइएको हो ।

क्यालिब्रेशन फ्लाइट हुने भएपछि अन्य नियमित उडान भने नियमित समयभन्दा केही ढिला हुने विमानस्थलका महाप्रबन्धक दाहालले बताए । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ ।

जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण समय ढिलो हुनसक्ने भएको हो । १० दिनसम्म क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नै व्यावसायिक उडानको मितिसमेत तय गरेको छ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार आगामी बुद्ध जयन्ती अर्थात् जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरिने छ । व्यावसायिक उडानका लागि एक समिति समेत गठन गरिएको छ । समितिले व्यावसायिक उडानको समय तय गर्ने कर्णले बताए ।

त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ६ : २८ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ