७ पुस २०८२, सोमबार | December 22, 2025

न्याय, समानता र समृद्धि जनताले अनुभूत गर्न पाउनुपर्छ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्ने बताएकी छन ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिको माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउन जोड दिएकी छन ।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन् । राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा जहानियाँ निरंकुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको बताइन् ।

७ दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उनले स्मरण गरेकी छन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ४९ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र