६ श्रावण २०८३, बुधबार | July 22, 2026

श्रीमानको हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ



दाङ । श्रीमान‍को हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ । जिल्लको राप्ती गाउँपालिका-३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका-२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद रहेभन्दै प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान‍्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : २५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज