२४ बैशाख २०८१, सोमबार | May 6, 2024

धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे पदबहाली



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गरेका छन् ।

बोर्डको कार्यालय ललितपुरमा हमालले आज पदभार ग्रहण गरेका हुन् ।

तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत एक सिमेन्ट कम्पनीसँगको शेयर खरिद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो ।

करिब छ महिनापछि गत बिहीबार सरकारले कैलालीका हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे । उनले नेपालको शेयर बजार र त्यसको नियामकका रुपमा रहेको बोर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, साना लगानीकर्ताको हित तथा कारोबारमा विविधीकरण गर्न आफू लागिपर्ने बताउँदै आएका छन् ।

शुक्रबार अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको समितिले बोर्ड अध्यक्ष चयन गरेको थियो । नवनियुक्त अध्यक्ष हमालले लगानीकर्ताको मनोविज्ञानलाई पनि सम्बोधन गर्दै आफूले काम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : ४८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa