५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

गजुरीमा सालकको खपेटासहित दुई जना पक्राउ



धादिङ । गजुरी गाउँपालिका–१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित दई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका–२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना।८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : ५३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही