७ पुस २०८२, सोमबार | December 22, 2025

नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टी भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको छाप आफुखुशी बनाई दुरुपयोग गर्ने गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यादवले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरु सबै नक्कली भएको समेत अख्तियारले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकम लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन उनले बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।

रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई उनले रिपोर्ट नेगेटिभ बनाउने गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ०९ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८