१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विश्व इतिहासमा आजः फिलिपिन्समा जनशक्ति क्रान्तिदेखि युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग



काठमाडौं । आज सन् २०२२ को २२ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग

सन् २०१४ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो । युरोपेली संघसँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो । महाअभियोगपछि उनी देश छोडेर भागेका थिए । उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो ।

न्युजिल्यान्डको क्रिस्टचर्चमा विनाशकारी भूकम्प

सन् २०११ मा न्युजिल्यान्डको क्रिस्टचर्चमा गएको विनाशकारी भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो । ६ दशमलब ३ म्याग्निच्युडको सो भूकम्प शहरी क्षेत्रमा रेकर्ड गरिएको सवैभन्दा उच्च तीव्रतामध्ये एक थियो ।

फिलिपिन्समा जनशक्ति क्रान्ति

सन् १९८६ मा फिलिपिन्समा जनशक्ति क्रान्ति सुरु भएको थियो । सो अहिंसात्मक क्रान्तिपछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको पतन र देशमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो ।

चेकोस्लोभाकियालाई कम्युनिस्ट देश घोषणा

सन् १९४८ मा चेकोस्लोभाकिया कम्युनिस्ट राज्य घोषित भएको थियो । सन् १९८९ को भेलभेट क्रान्तिपछि चेकोस्लोभाकिया संसदीय गणतन्त्र भएको थियो । सन् १९९३ मा विभाजनपछि चेक रिपब्लिक र स्लोभाक रिपब्लिक भएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : २८ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर