६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कुनै वहाना नगरी भारत सीमा वार्तामा बस्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारण देखाएर भारत सीमा वार्ताबाट पन्छिन नपाउने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएकोले नेपालसँग तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताउनुभएको हो ।

बैठकमा उपस्थित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीहरु, एवं पूर्वपरराष्ट्रमन्त्रीहरुका धारणा सुनिसकेपछि ओलीले नेपालको पश्चिम अन्तिम सीमा महाकाली नदी भएकोले नेपाली भूभाग लिम्पियाधुरासम्म रहेकोमा कुनै विवाद नभएको प्रष्ट पार्नुभयो ।
बैठक पछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, नेपालको पश्‍चिमी सीमा बिन्दु काली नदी भएकोमा दुई मत छैन । नेपाली भूमि भारतले अतिक्रमण गरेकोले फिर्ता ल्याउन पहल गर्नुपर्नेमा सम्पूर्ण राजनीतिक दलहरु एकमत छन् । कुटनीतिम संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सम्पूर्ण राय सकारात्मक छ ।

भारतले गत नोभेम्बरमा नेपालको अतिक्रमित भूमिलाई समेत समेटेर नयाँ राजनीतिक जारी गरेपछि नेपालले त्यसबारे वार्ता गर्न गत मार्चसम्म लगातार प्रयास गर्दा पनि भारतले आलटाल गरेको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभएको थियो । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि पटक(पटक वार्ताका लागि आह्वान गरिएको छ । भारत तयार भएको छैन । अहिले कोरोनालाई कारण देखाउँदै वार्ता सार्न खोजेको छ ।’

भारत वार्तामा बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कोरोना कारण देखाउँदै वार्ता सार्न नमिल्‍ने प्रधानमन्त्रीले बताउनुभएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतले कालापानी, लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक र अन्तर्राष्ट्रिय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित छैन । अहिले सडक बनाएर उद्घाटन गर्न हुने वार्ता गर्न किन हुँदैन । वार्तमा भारत आउनैपर्नेमा प्रधानमन्त्रीज्यू दृढ हुनुहुन्छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ४४ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा