७ पुस २०८२, सोमबार | December 22, 2025

देउवासँगको भेटवार्ता अघि ओली र अमेरिकी राजदूतबीच छलफल



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो ओली र बेरीबीच बालकोटमा भेटवार्ता भएको हो ।

प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि त्यसबारेमा छलफल गर्न बे‍री बालकोट पुगेका थिए । अब बस्ने बैठकमा एमसीसीबारे संसदमा छलफल गर्ने तयारी छ तर प्रतिपक्षी एमाले भने निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

बेरीसँगको भेटवार्ता पछि ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।

बालुवाटारमा देउवाले ओलीलाई एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर ओली भने संसदमा आफूहरुको प्रवेशका लागि माग सम्बोधन गर्नु पर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : २२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८