१६ माघ २०८२, शुक्रबार | January 30, 2026

दुर्गेश थापासहित यी ४ जनाले गायिकालाई उकासे : पल शाह



काठमाडौं । अभिनेता पल शाहले सामाजिक सञ्जालमा भाइरल भैरहेको अडियोबारे फेरी मुख खोलेका छन् । उनले आफूविरुद्ध उजुरी दिने गायिकालाई केही व्यक्तिले उकासेकोसमेत आरोप लगाएका छन् ।

बिहिबार बिहानै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पलले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।

‘केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारीद्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।’ पलले भने, ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१. साथी दुर्गेश थापा

२. ठुल्दाई सरोज ओलि

३. भाई कृष्ण जोशी

४. सम्राट चौलागाई

आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ५० बजे

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग